सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने पक्का

प्रज्जवल थापा । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । बुधबार फ्रेन्चाइच टोली ओभल इन्भेन्सिबल्सले सन्दिपलाई रिटेन गरेपछि उनले यस प्रतियोगिता खेल्ने पक्का भएको हो ।

यस प्रतियोगिता १०० बलको हुनेछ । अघिल्लो वर्ष जुलाई १७ देखि अगस्ट १६ सम्म हुने तय भएको प्रतियोगिता कोरोना महामारीको कारण एक वर्ष पछि सरेको थियो । ८ टोलीको सहभागिता रहने प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

गत वर्षको ड्राफ्टमा ओभल इन्भेन्सिबल्सले सन्दिपलाई १ लाख पाडन्डमा खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *