राजनीतिक स्थायित्वका निम्ति प्रतिनिधिसभा विघटन: गृहमन्त्री रामबहादुर थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वका निम्ति प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गर्न प्रतिनिधिसभा विघटन गरिएको बताएका हुन् ।

कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनले बताए । मन्त्री थापाले जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने जिकिर गरे ।

मन्त्री थापाले विघटित प्रतिनिधिसभा अस्थिरता जन्माउने संयन्त्रको रुपमा परिणत भएको बताए । विघटित प्रतिनिधिसभाले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले दाबी गरे । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाले समस्याको हल नगर्ने उनको भनाइ छ ।

उनले पुरानो प्रतिनिधिसभाले राजनीतिक अस्थिरता पैदा गर्ने भएकाले नयाँ प्रतिनिधिसभाको गठनले मात्रै स्थायित्व कायम गर्नसक्ने बताए । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार दिएको भन्दै विघटनको कदम संवैधानिक रहेको निष्कर्ष सरकारले निकालेको उनले प्रष्टीकरण दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *