काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको र त्यो कुनैपनि बेला फुट्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

