USAID

वहालवाला मन्त्रीद्वारा शहीदका नाममा चन्दा संकलन


काठमाडौँ । कानून तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले आफ्नो मर्यदाको प्रवाह नगरी शहीदको नाममा चन्दा उठाएका छन् । वहालवाला मन्त्रीले सर्वसाधाणसँग औपचारिकरुपमा चन्दाको लागि अनुरोध गरेको यो सम्भवतः पहिलो घटना हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सोमबार आयोजना गरिने शहीद हेमनारायण श्रेष्ठको स्मृति सभालाई सफल पार्न आर्थिक सहयोगका लागि अनुरोध भन्दै चन्दा अभियान नै चलाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा सिराहा जिल्ला ईन्चार्जका रुपमा मन्त्री श्रेष्ठले चन्दाको लागि अनुरोध गरेका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *