प्रज्जवल थापा । लण्डन क्लब टोटेन्हाम ब्रिगटनसँग स्तब्ध भएको छ । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेन्हाम ब्रिगटनसँग १-० गोलले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा ब्रिगटनको लागि लेन्ड्रो ट्रोसाअर्डले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । १७ औं मिनेटमा ग्रोसको पासमा ट्रोसाअर्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । टोटेन्हामले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
जितका बाजजुत ब्रिगटन २१ खेलमा २१ अङ्क जोड्दै लिगको १७ औं स्थानमा यथावत छ ।
