प्रज्जवल थापा । स्ट्रार फर्वार्ड सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा एपिएफले महिला लिगमा लगातार चौथो जित निकालेको छ । बिहिबार दिउँसो भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । सावित्राको प्रतियोगिता यो तेस्रो ह्याट्रिक हो । खेलको ३३ औँ मिनेटमा अनिता केसिको पासमा सावित्राले गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिइन् ।
५७ औं मिनेटमा सरुको पासमा सावित्राले सुन्दर गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । यस्तै ८५ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । बाँकी समयमा थप गोल हुन नसक्दा एपिएफ ३-० गोलले विजयी भएको हो । जितसँगै एपिएफ चार खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा यथावत रहेको छ ।
तस्बिर:- हाम्रो खेलकुद डट कम
