USAID

विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला


विराटनगर । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ वर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *