इलाम – इलाममा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामबाट झापा जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा २८ वर्षीया अञ्जु आचार्यको बुधबार घटनास्थलमै ज्यान गएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी लालध्वज सुवेदीका अनुसार को १८ प ६९७ नम्बरको मोटरसाइकललाई त्यही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ना ३ ख २७३२ नम्बरको ट्रक र चालक ३६ वर्षीय भवानीप्रसाद तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।