USAID

लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ


काठमाडौँ । लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरी निरीक्षक सुमन शर्माका अनुसार पक्राउ पर्ने सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका-३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं छन्।

पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ।

थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *