USAID

संसद विघटनको विरोधभा प्रचण्ड-नेपाल समूहद्वारा माइतीघरमा धर्ना


काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका छन् । बुधबार विघटित प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनका लागि धर्ना दिएको नेतृ पम्फा भुसालले बताइन् ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि शुरु भएको धर्ना माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *