काठमाडौँ । नेपालमा आज बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुँदैछ । ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट सरकारले खोप अभियान एकसाथ सुरु गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने छ । तर यस्तो खोप कसले लगाउन हुँदैन, हेर्नुस नेपाली भाषामा चिनियाँ पत्रकार वर्षा (चाङ्ग युए)ले तयार पारेको भिडियोः
