विश्वमा ७ करोड २२ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड २ लाख ८० हजार २५२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख ४९ हजार ३८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना सक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ७ करोड २२ लाख ८९ हजार १६९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये २ करोड ५८ लाख ३९ हजार ८४७ जना सक्रिय संक्रिमत छन् । जसमध्ये १ लाख १० हजार २५२ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा चार लाख ३१ हजार ३९२ जनाको मृत्यु भएको छ भने २ कारोड ५८ लाख ६१ हजार भन्दाबढी संक्रमित भएका छन् ।

यसैगरी, भारतमा संक्रमितको संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ । १ लाख ५३ हजार ६२४ जनाको मृत्यु भएको छ भने १ करोड ३ लाख ४५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *