रियल म्याड्रिडको लज्जास्पद हार, कोपाबाट बहिरियो

प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिड लज्जास्पद हार बेहोर्दै कोपा डेल रे बाट बाहिरिएको छ । गएराति भएको खेलमा म्याड्रिड तेस्रो डिभिजनको क्लब अल्कोयानोसँग २-१ गोलले पराजित हुँदै कोपाबाट बाहिरिएको हो ।

अतिरिक्त समयमा पुगेको खेलमा अल्कोयानोलाई जित दिलाउन जोसे सोल्बेस र जुनानले समान एक/एक गोल गरे । म्याड्रिडको लागि मिलिटाओले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । खेलमा अग्रता भने रियल म्याड्रिडले लिएको थियो । ४५ औँ मिनेटमा मार्सेलोको पासमा मिलिटाओले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर ८० औँ मिनेटमा रामोन लोपेजको पासमा जोसे सोल्बेसले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । नियमित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । १ सय १५ औँ मिनेटमा अलि डिकिटेको पासमा जुनानले गोल गर्दै अल्कोयानोलाई २-१ गोलको जित दिलाए ।

पराजित भएसँगै म्याड्रिड कोपा डेल रेको अन्तिम ३२ बाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *