USAID

महिला लिगको उद्घाटन खेलमा आज आर्मी र पुलिस भिड्दै


प्रज्जवल थापा । राष्ट्रिय महिला लिगको उत्घाटन खेलमा आज विभागिय क्लबद्वय त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दशरथ रंगशाला हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजे शुरु हुनेछ ।

अखिल नेपाल फूटबल संघ(एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार आज आर्मी र पुलिस भिड्न लागेका हुन् । उत्घाटन खेल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ भने अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ । यस पटकको लिग राउन्ड रोविनको आधारमा हुनेछ ।

एक महिना चल्ने प्रतियोगितामा सात टोलीको सहभागीता रहनेछ । तीन विभागिय क्लब त्रिभुवन आर्मी फूटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सहित चौदण्डीगढी नगरपालिका उदयपुर, बिराटनगर महानगरपालिका, वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटको सहभागिता रहनेछ ।

यसपटक प्रतियोगिताको विजेताले १० लाख नगत प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख पाउनेछ । यस्तै तेस्रो हुने टोलीले ५ लाख र चौथो हुने टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *