चेल्सीलाई हराउँदै लेस्चर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा

प्रज्जवल थापा । चेल्सीलाई हराउँदै लेस्चर सिटी इङलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्चर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान किङ्स पावर रंगशालामा भएको खेलमा लेस्चरलाई जित दिलाउन विल्फ्रेड नडिडी र जेम्स मेड्डिसनले एक/एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको छैटौं मिनेटमा हार्भे बार्नेसको पासमा नडिडीले गोल गर्दै लेस्चरलाई खेलमा अग्रता दिलाएका थिए ।

४१ औँ मिनेटमा अल्ब्रिघ्टनको पासमा माड्डिसनले गोल गर्दै लेस्चरको अग्रता दोब्बर बनाए । चेल्सीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै लेस्चर १९ खेलमा ३८ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ भने पराजित चेल्सी १९ खेलमा २९ अङ्क जोड्दै आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *