उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।

“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उनले ट्वीटरमा लेखेकी छन् । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी हुन् । अमेरिकाको सिनेटमा अहिले डेमोक्रेटिक र रिपब्लीकन दुवै पक्षका ५०/५० जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *