USAID

पन्त नायक बन्दा अस्ट्रेलियामाथि भारतको सानदार जित, टेस्ट सिरिज भारतको पोल्टामा


प्रज्जवल थापा । युवा विकेटकिप्पर ब्याट्सम्यान रिशव पन्त नायक भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा सानदार जित निकालेको छ । चौथो टेस्टको पाँचौ दिनमा भारतले अस्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै चार खेलको टेस्ट सिरिज आफ्नो पोल्टामा पारेको हो ।

 

गाब्बामा भएको खेलमा ३२८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउदै ३२९ रन बनाएर लक्ष्य भेट्टाएको हो । भारतको जितमा रिशव पन्तले सानदार प्रदर्शन गरे । उनले १३८ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा ८९ रन जोडे । अर्का युवा ओपनर शुभ्मन गिलले ९१ रनको योगदान गरे । उनले १४६ ८ चौका र २ छक्का प्रहार गरे । यस्तै पुजराले ५६, रहाणेले २४ र वासिङटन सुन्दरले २२ रन जोडे ।


अस्ट्रेलियाको लागि प्याट कमिङ्सले २४ ओभर बलिङ गर्दै ५५ रन खर्चेर सार्वधिक ४ विकेट लिए । यस्तै नाथान लयोनले २ र जोस हज्लेवुडले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्न उत्रिएको अस्ट्रेलियाले पहिलो इनिङ्समा ३६९ रन जोड्दा अलआउट भएको थियो । अस्ट्रेलियाको लागि पहिलो इनिङ्समा मार्नुस लाबुस्चाग्नेले शतक पूरा गरेका थिए । भारतपनि पहिलो इनिङ्समा ३३६ रन जोड्दा अलआउट भएको थियो । भारतलाई वासिङ्टन सुन्दरले ६२ र सार्धुल ठाकुरले ६७ रन जोड्दै सम्मानजनक स्कोरमा पुर्याएका थिए ।

दोस्रो इनिङ्समा अस्ट्रेलियाले २९४ रन जोडेपछि भारतले ३२८ रनको विजयी लक्ष्य भेट्टाउदै खेल जितेको हो। पहिलो टेस्टमा लज्जास्पद प्रदर्शन गर्दै पराजित भएको भारतले दोस्रो खेल जितेको थियो । यस्तै तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट भारतले जित्दै बोडर गावास्कर ट्रफी आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा सार्वधिक विकेट लिएका प्याट कमिङ्स प्लेयर अफ दि सिरिज घोषित भए ।

यसअघि भएको ओडिआई सिरिज अस्ट्रेलियाले २-१ ले जितेको थियो भने टि-२० सिरिज भारतले २-१ ले नै जितेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *