भारतको गुजरातमा ट्रकले किच्दा फुटपाथमा सुतेका १५ कामदारको मृत्यु

भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा गएराति फुटपाथमा सुतिरहेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१२ जनाको घटनास्थलमै र तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै राजस्थानका कामदार रहेका छन् । सुरतबाट झण्डै ६० किलोमिटर पर रहेको कोसाम्बा गाउँमा घटना भएको हो ।

अन्य पाँचजना घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने २० जना मजदुरहरू फुटपाथमै सुतेका थिए । उखु बोकेको ट्याक्टरसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *