कोभिडदेखि डराएर विमानस्थलमा लुकी बस्ने पक्राउ

वासिंगटन । अमेरिकी सुरक्षा निकायले कोभिड १९ संक्रमणको भयको कारण विमान चढ्न डराएका एकजना पुरुष विगत तीन महिना देखि शिकागो अन्तर्राष्ट्रिय विमानस्थलको अरुको ध्यान नपुग्ने एक सुरक्षित स्थानमा बसिरहेको पाइएको बताएको छ ।
विमानस्थलका कर्मचारीहरुले परिचयपत्र खोज्ने क्रममा ३६ वर्षिय आदित्य सिंह नामक ती व्यक्ति पक्राउमा परेका थिए ।
उनले परिचय पत्र मागिँदा आफुले धारण गरेको एउटा व्याज देखाएक थिए । वास्तवमा त्यो व्याज एकजना अपरेसन म्यानेजरको रहेछ । त्यो व्याज गत अक्टोवरदेखि हराइरहेको बुझिएको छ । प्रहरीका अनुसार आदित्य १९ अक्टोवरमा लस एन्जल्सको एक उडानबाट ओहेयर अन्ततर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
शिकागो ट्रिब्युनका अनुसार राज्यका सहायक न्यायधिवक्ता क्याथलिन ह्यागर्टीले उनले सो कर्मचारीको व्याज विमानस्थलमा फेला पारेको र कोभिडको डरको कारण घर जान डराएको बताएका छन् । अन्य यात्रुहरुले दिने रकम सहयोगबाट आफुले जीवन यापन गर्दै आएको आदित्यले अदालत समक्ष बताएका छन् । तर प्रहरीका अनुसार लस ऐन्जेल्सको एक उपनगर निवासी आदित्यको कुनै पुर्व अपराधिक अभिलेख छैनन् । तर शिकागोमा उनी के गर्न आएको भन्ने स्पष्ट हुन सकेको छैन ।
उनी विरुद्ध बिना अनुमति विमानस्थलको संवेदनशिल क्षेत्रमा बसेको र चोरीको अभियोग लगाइएको छ । तर शिकागो उडयन विभागले यस घटना सम्बन्धी अनुसनधान भइरहेको तथा उनको कारण विमानस्थलमा कसैलाई कुनै खतरा नपुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *