मेस्सीले चार खेल गुमाउन सक्ने

प्रज्जवल थापा । स्पेनिस सुपर कपमा लियोनल मेस्सीले पाएको रातो कार्डको बारेमा चौतर्फी कुरा भइरहेको छ । सोमबार बिहान एथ्लेटिक बिल्बाओ विरुद्व भएको फाइनल खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले विपक्षी खेलाडीलाई हातले हिर्काएपछि रातो कार्ड पाएका थिए ।

फाइनल खेलमा बार्सिलोना अतिरिक्त समयमा एथ्लेटिक बिल्बाओसँग ३-२ गोलले पराजित भएको थियो । खेलको मध्य भागतिर मेस्सीले एथ्लेटिक क्लबका एसिएर भिल्लालिब्रेलाई हातले अनुहारमा हानेका थिए ।

 

खेलका रेफ्री जेसुस गिल मान्जानोले घटनालाई भिएआरमा हेर्दै मेस्सीलाई सिँधै रातो कार्ड दिएका थिए । रातो कार्डको कारण मेस्सीले चार खेलसम्म गुमाउने सम्भावना छ । यदि प्रतियोगिताको पदाधिकारीले मेस्सीको कार्य आक्रामकताको रुपमा लिएमा उनले ४ देखि १२ खेल गुमाउन सक्ने छन् । यदि सामान्य रुपमा लिएको खण्डमा उनले १ देखि ३ खेलसम्म गुमाउने छन् । जसो भएपनि मेस्सीले कोपा डेलरे अन्तर्गत कोर्नेल्ला र ला लिगा अन्तर्गत इल्चे विरुद्वको खेल गुमाउने सम्भावना छ ।

हाल बार्सिलोना घरेलु लिगमा १८ खेल खेल्दै ३४ अङ्कको साथ तेस्रो स्थानमा छ । दुई खेल काम खेलेको एथ्लेटिको म्याड्रिड ४१ अङको साथ शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *