सन्दिप लामिछाने सम्मिलित होबार्ट विजयी

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हुरिकेन्सले बिग बास लिग (बिबिएल) मा जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा होबार्टले सिड्नी थन्डरलाई विकेटले ६ पराजित गरेको हो ।

माकुना ओभलमा भएको खेलमा १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको हुरिकेन्सले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाउदै लक्ष्य भेट्टायो । हुरिकेन्सको लागि बेन मेक्डोर्मोटले सनदार ब्याटिङ गरेपनि सतक बनाउनबाट मात्र ४ रनले चुके । उनले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ९६ रन जोडे । यस्तै मालनले ४२ र हान्डकोम्बले २१ रनको योगदान गरे ।

सिड्नीको लागि तानभिर सान्घाले २ विकेट लिदा एडम मिल्ने र नाथले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । सिड्नीको लागि साम बिलिङ्सले अर्धसतक पूरा गर्दा एलेक्स हालेसले २९ र उस्मान खावाजाले २७ रनको योगदान गरे । यस्तै डानियल साम्सले १६ र कटिङले १५ रन जोडे ।

होबार्टको लागि बोल्यान्डले ४ ओभर बलिङ गर्दै ४१ रन खर्चेर ४ विकेट लिँदा नाथन एल्लिसले १ विकेट लिए । सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै जम्मा २८ रन खर्चिएपनि विकेट लिन सकेनन् । जितसँगै होबार्ट ११ खेलमा २३ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *