सुडानमा भएको झडपमा ८० भन्दा बढीको मृत्यु

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढीको मृत्यु भएको छ ।
गत शनिबारबाट शुरु भएको झडपमा परी कम्तीमा ८३ जनाको मृत्यु हुनुको साथै अन्य १६० जना घाइते भएका उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी समाचार संस्था सुनाले उल्लेख गरेको छ ।

“शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन् ।” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उदृत गरी लेखेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश समेत जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *