रियल म्याड्रिड सुपर कपबाट बाहिरियो

प्रज्जवल थापा । रियल म्याड्रिड स्पेनिस सुपर कपबाट बाहिरिएको छ । गएराति भएको दोस्रो सेमिफाइनल खेलमा म्याड्रिड एथ्लेटिक बिल्बाओसँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

इस्टेडियो ला रोसालेडामा भएको खेलमा बिल्बाओलाई जित दिलाउन राहुल गार्सियाले दुई गोल गरे । म्याड्रिडको लागि करिम बेन्जिमाले गरेको गोल सान्त्वना गोलमा सिमित रह्यो । खेलको १८ औँ मिनेटमा डानी गार्सियको पासमा राहुल गार्सियाले गोल गर्दै एथ्लेटिकलाई खेलमा अगाडि बढाएका थिए ।

३८ औँ मिनेटमा राहुल गार्सियाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै बोल्बाओको अग्रता दोब्बर बनाए । भास्क्वेसले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछी बिल्बाओले पेनाल्टी पाएको थियो । ७३ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर बाँकी समयमा थप गोल गर्न नसक्दा रियल २-१ गोलले पराजित भयो ।

अब एथ्लेटिक बिल्बाओले उपाधिको लागि आइतबार बार्सिलोनाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *