चार औलाले एक मिनेटमा पचासी पटक पुसअप

नयाँदिल्ली । एकजना भारतीय एथलेट हातका चार औंलाका भरमा एक मिनेट भित्र पचासी पटक पुस अप गरेर नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गर्न सफल भएका छन् । पूर्व भारत्तोलन च्याम्पियन लैथान्गवान विद्यासागर सिंहले प्रत्येक हातका मात्र दुई औलाले जमीनको भर लिएर लगातार पचासी पटक पुसअप गरेका थिए । उनले यसअघिको एक मिनेटमा सत्तरी पटक पुस अपको कीर्तिमान तोडेका हुन् । सन् २०१८ मा भारतकै दीपक शर्माले सो कीर्तिमान रोखेका थिए ।
यसअघि सिंहले किक प्याडमा दुई मिनेट भित्र २ सय ७५ पटक कुहिनाले प्रहार गरेर अर्को गिनिज वल्र्ड रेकर्ड राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *