USAID

जोभिक पुर्व क्लब फ्रान्कफुर्ट फर्किए


प्रज्जवल थापा । रियल म्याड्रिडका युवा फर्वार्ड लुका जोभिक पुर्व क्लब इन्ट्राच्ट फ्रान्कफुर्ट फर्किएका छन् । म्याड्रिडले अधिकारिक वेबसाइट मार्फत जानकारी दिँदै जोभिक यस सिजनको अन्त्यसम्म लोनमा पुर्व क्लब फर्किएको जनाएको हो ।

यससँगै जोभिकले सिजनको बाँकी ६ महिना जर्मन क्लबमा बिताउनेछन् । सन् २०१९ जुनमा जर्मन क्लब फ्रान्कफुर्टबाट रियल म्याड्रिड पुगेका जोभिकले आफुलाई प्रमाणित गर्न सकिरहेका थिएनन् । स्पेनिस क्लबमा यस सिजन जोभकले मात्र २०८ मिनेटमा खेल्ने समय पाएका थिए । उनले यस सिजन क्लबको लागि गोलको खाता खोल्न सकेका छैनन् ।

२३ वर्षिय सर्बियन फर्वार्ड जोभिकले यस अघि फ्रान्कफुर्टबाट ७७ खेल खेल्दै ३६ गोल गरिसकेका छन् । तर उनले म्याड्रिडबाट ३७ खेल खेल्दै मात्र २ गोल गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *