पार्टीभित्रका गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरीः मन्त्री भट्ट

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् ।

नेकपाको ओली समूहको कैलालीको धनगढीमा मंगलबार भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिएको स्पष्ट पारे ।

अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिँदै मन्त्री भट्टले भने, “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धतासहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।” भट्टले पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *