गुल्मी जिल्ला प्रशासनमा १५ मिनेटमै सेवा

गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिकमैत्री सेवा दिन थालेपछि विभिन्न सेवा लिन आउने सेवाग्रहीले छिटो–छरितोरूपमा सेवा पाएका छन् । कार्यालयले प्रशासनबाट दिइने सेवा १५ मिनेटमै दिन थालेको छ ।
प्रशासन कार्यालयमा कुनै पनि सेवा लिन आउने सेवाग्रही लाइन लाग्ने समयबाहेक १५ मिनेटमै सेवा पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए। सेवाग्रहीले ल्याएका कुनै काजपत्र नपुगेको खण्डमा नम्र बोलीमा फेरि पुनः दुःख नपाउने गरी बुझाएर पठाउने गरिएको उनी बताउछन ।
प्रशासनले सेवाग्रहीको सहजताका लागि कार्यालय परिसरमै नागरिक सहायता कक्ष स्थापन गरेको छ । प्रशासनको गेटमै सहायता कक्षमा खटिएका कर्मचारीले के कामका लागि आएको हो भनेर सेवाग्रहीलाई सोध्ने गर्दछन् । सहायता कक्षमा खटिने कर्मचारीले प्रशासनका कामका लागि आवश्यक विभिन्न निवेदनसहित निःशुल्करूपमा फारमहरु भरिदिने गर्दछन् । जसले गर्दा सेवाग्रही जुन कामका लागि आएको हो त्यहि काममा जाने गर्नाले छिटो–छरितो हुने गरेको एक सेवाग्राही बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *