काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।
सहकारीको १२औं साधारणसभाले उनलाई चार वर्षका लागि अध्यक्ष पदमा पुनःचयन गरेको हो । नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित भएका छन् ।
यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित (थापा), लेखा संयोजकमा विमलविक्रम बानियाँ र सदस्यद्वमा वसन्त महर्जन र माधव रेग्मी चयन भएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि कारोवार शुरुवात गरेको सहकारीमा करीब दुई हजार ९०० शेयर सदस्य आबद्ध छन् ।
