आन्तरिक राजस्व कार्यालयको कर इ–सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौ । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ–सेवामार्फत दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ–सेवाबाटै बुझाउन सकिने भएको हो । इ–सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।
इ–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्ने छन भने इ–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ–सेवा जोन तथा इ–सेवा प्वाइन्टबाट कर भुक्तानी गर्न सक्ने भएका छन ।
इ–सेवा मार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने–सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उदेश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीे कार्यान्वयन गर्ने अभियानमा छौँ ।
इ–सेवा मार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *