कोरोना संक्रमणबाट लेबनानमा १० चिकित्सकको मृत्यु, १५ आइसियुमा

कोरोनाभाइरस संक्रमणबाट लेबनानमा १० जना चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।” लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *