USAID

राजनीतिक अस्थिरतातिर धकेल्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले रोकोस्ः प्रवक्ता श्रेष्ठ

  • 2
    Shares

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सर्वोच्चले सच्याउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा श्रेष्ठले आफ्नो पद नबच्ने भएपछि प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । उनले सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने बताए ।

श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेलेको र त्यसलाई अहिले सर्वोच्च अदालतले रोक्नुपर्ने बताए ।

उनले भने, ’संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला गर्यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदैन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस्।’

उनले लोकतन्त्रको रक्षा र विकासका लागि, संविधानका कमीकमजोरी हटाउँदै समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बेला फेरि लोकतन्त्रका लागि लड्ने बेला आएको बताए


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *