आर्थिक योजना असफल भएकै हो: किम

प्योंगयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले विश्वको सम्पर्कबाट एक्लिएको आफ्नो मुलकका लागि तय गरेको आफ्नो पन्च वर्षिय आर्थिक योजनाले झण्डै सबै क्षेत्रमा लक्ष हासिल गर्न असफल भएको तथ्य स्विकारेका छन् । आफ्नो सत्तारुढ वर्कर्स पार्टीको दुर्लभ कंग्रेस बैठकको उद्घाटन समारोहमा किमले सो तथ्य स्विकारेका हुन् ।
पार्टीको इतिहासमै यस्तो बैठक बसेको यो आठौं पटक मात्र हो । उत्तर कोरियाले गत वषको जनवरीमा कोभिड १९ संक्रमण फैलिनबाट जोगिने उद्देश्यले आफ्ना सम्पूर्ण सिमाना बन्द गरेको थियो । तर उत्तर कोरियाले आफु कहाँ कुनैपनि कोरोना संक्रमणका घटना नदखिएको दावी गरेको थियो ।
सिमाना बन्दको कारण उत्तर कोरियाको निकतटम सहयोगी मुलुक चीनसंगको व्यापार व्यवसाय समेत बन्द हुन पुगेको थियो । सिमाना बन्द अवस्थामा उत्तर कोरियाको चीनसंगको व्यापारमा ८० प्रतिशतले कमी आएको थियो । गत वर्ष उत्तर कोरियालाई समुद«ी आँधि र बाढी पहिरोले पनि निकै सताएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *