USAID

गलत गर्नेलाई परास्त गर्नुपर्छः आपूर्तिमन्त्री भट्ट

  • 2
    Shares

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

धनगढीमा बुधबार नेकपाको केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।

” बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा प्रचण्ड– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *