पुरानो व्यवस्था पुनःस्थापना गर्ने षड्यन्त्र सफल हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुनःस्थापना हुन नदिने बताएका छन् ।

बुधबार काठमाडौंमा नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षड्यन्त्र सफल नहुने बताए ।

उनले पुरानो व्यवस्थाको पुनःस्थापना हुन्छ भन्नेमा कसैलाई सपना नदेख्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए ।

सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाई थियो । वैशाखमा चुनाव हुनै नसक्ने उनले बताए । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *