USAID

प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूद्वारा लालटिन जुलुस प्रदर्शन


काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूह निकटको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो । उनीहरुले माइतीघर मण्डलावाट नयाँ वानेश्वरसम्म लालटिन जुलुस प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले ’दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *