पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार ९ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५ हजार ४५१ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ९ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ६८ लाख ३२ हजार १८ पुगेको छ । हाल विश्वमा २ करोड ३४ लाख २५ हजार भन्दाबढीमा सक्रिय संक्रमण छ भने १ लाख ८ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड १५ लाख ३१ हजार ३ सय जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ ।

कोरोनाका कारण ३ लाख ६५ हजार ६२० जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ६२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३ लाख ७५ हजार ४७९ पुगेको छ । अहलेसम्म १ लाख ५० हजार १५१संक्रमितको मृत्यु भएको छ भने ९९ लाख ९६ हजार बढी संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *