USAID

आज एसी मिलान र युभेन्टस भिड्दै


प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज दुई ठुला क्लब एसी मिलान र युभेन्टस भिड्दै छन् । मिलानको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

एसी मिलान र युभेन्टस उपाधिको लागि प्रमुख दाबेदारी टोली हुन् । यस सिजन मिलान उत्कृष्ट फर्ममा रहेको छ । हाल एसी मिलान १५ खेलमा ३७ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । मिलान युरोपको शिर्ष पाँच लिग मध्य एकमात्र अपराजित टोली हो । मिलानले लिगको पछिल्लो ५ खेलमा ३ खेलमा जित निकाल्दा दुई खेल बराबरी खेलेको थियो ।

यस्तै युभेन्टसले आजको खेलमा मिलानलाई पराजित गर्दै आफ्नो अङ्क दुरि घटाउन चाहन्छ । लिगको एक खेलमा मात्र पराजित भएपनि युभेन्टस स्टार फर्वार्ड क्रिस्टियानो रोनाल्डोबिना कमजोर देखिएको थियो । रोनाल्डो हाल राम्रो फर्ममा रहेका छन् । उनले लिगको ११ खेलमा १४ गोल गर्दै सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा शिर्ष स्थानमा छन् ।

तरपनि युभेन्टसले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । हाल युभेन्टस लिगको १४ खेलमा २७ अङ्क जोड्दै पाँचौ स्थानमा छ । जुन शिर्ष स्थानमा रहेको मिलानको भन्दा १० अङ्क कम हो । युभेन्टसले लिगको पछिल्लो ५ खेलमा ३ जित, एक बराबरी, एक हार बेहोरेको थियो ।

मिलान र युभेन्टसबिच भएको पछिल्लो ३३ भेटमा २२ खेल युभेन्टसले जित्दा ७ खेल मिलानले आफ्नो पोल्टामा पारेको थियो । गत जुलाईमा भएको खेलमा मिलान ४-२ गोलले विजयी भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *