USAID

भारतीय विदेश मन्त्री जयशंकर श्रीलङ्का जाने


भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाने भएका छन् । उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्नेछन् ।

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।” सन् २०२१ लागेपछिको उनको पहिलो विदेश भ्रमण हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *