प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ बजेको नेपाल एयरलाइन्सको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । दाहाललाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *