पेलेलाईपछि पार्दै रोनाल्डोले बनाए नँया किर्तिमान

प्रज्जवल थापा । महान ब्राजिलियन लेजेन्ड पेलेको रेकर्डलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले नँया किर्तिमान बनाएका छन् । आइतबार राति युभेन्टसले उडिनेसेलाई ४-१ गोलले पराजित गरेको खेलमा दुई गोल गर्दै रोनाल्डो सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा उक्लिएका हुन् ।

३५ वर्षिय पोर्चुगिज फर्वार्ड रोनाल्डोले आइतबार राति ७ सय ५७ औँ र ७ सय ५८ औँ गोल गरेका हुन् । यसअघि पेले ७ सय ५७ गोलको साथ सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानामा थिए तर अब रोनाल्डोले ७ सय ५८ गोल गरेसँगै पेले तेस्रो स्थानमा झरेका छन् । रोनाल्डो भन्दा अघि जोसेफ बिकान ७ सय ५९ औँ गोलको साथ शिर्ष स्थानमा छन् ।

बुधबार युभेन्टसले एसी मिलानको भ्रमण गर्दा रोनाल्डोलाई फूटबलको इतिहासमा सार्वधिक गोल गर्ने खेलाडी बन्ने अवसर मिल्नेछ । रोनाल्डो र युभेन्टस दुवैको लागि यस खेल महत्त्वपूर्ण रहनेछ । हाल युभेन्टस शिर्ष स्थानमा रहेको मिलान भन्दा १० अङ्कले पछि छ ।

सन् २००२ मा स्पोर्टिङ लिस्बोनबाट खेल्दै करियर शुरु गरेका रोनाल्डोले लिस्बोनबाट ५ गोल गरेका थिए । त्यसपछि इङलिस क्लब पुगेका रोनाल्डोले म्यान्चेस्टर युनाइटेडको लागि २९२ खेलमा ११८ गोल गरेका थिए ।

यस्तै सन् २००८ मा म्यान्चेस्टर युनाइटेडबाट विश्व रेकर्ड रकममा रियल म्याड्रिड भित्रिएका रोनाल्डोले स्पेनिस क्लबको लागि ४३८ खेलमा ४५० गोल गरेका थिए । त्यसक्रममा उनले क्लबका लेजेन्ड राहुलको ३२३ गोलको किर्तिमान तोडेका थिए ।

 

यस्तै म्याड्रिडमा ९ वर्षको सफल खेल जीवन पश्चात् रोनाल्डो सन् २०१८ मा इटालियन क्लब युभेन्टस पुगेका थिए । उनले युभेन्टसको लागि १ सय ४ खेलमा ८३ गोल गरिसकेका छन् । पोर्चुगलको लागि १७० खेलमा १०२ गोल गरेका रोनाल्डो सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनी भन्दा अगाडी इरानका अलि दाई १४९ खेलमा १०९ गोल सहित शिर्ष स्थानमा छन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले भने हालसम्म ७ सय ४२ गोल गरेका छन् ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *