USAID

बार्सिलोनाको संघर्षपुर्ण जित


प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले संघर्षपुर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

क्याल्टन क्लबलाई जित दिलाउन फ्रेन्की डियोङले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । २७ औँ मिनेटमा लियोनल मेस्सीको पासमा डियोङले गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए ।

खेलको पूरा समय आफ्नो पकडमा राखेको बार्सिलोनाले पाएको अवसरमा थप गोल गर्न नसक्दा १-० गोलको साधुरो जित निकाल्यो । जितसँगै बार्सिलोना १६ खेलमा २८ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *