कोरोना भाइरसभन्दा घातक भाइरसको चपेटामा विश्व फस्न सक्छः विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको महामारी सबैभन्दा भयानक नभएको र योभन्दा धेरै घातक भाइरसले विश्वलाई आक्रान्त पार्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओको आपतकालिन परियोजना प्रमुख डाक्टर माइक रायनले यो महामारीले विश्वलाई निन्द्राबाट जगाउने काम गरेको बताएका छन् । कोरोना भाइरसले विश्वभरी १८ लाख भन्दा धेरैको ज्यान लिएको छ । यसअघि स्पेनिस फ्लुलाई भीषण विश्व महामारी मानिएको थियो जसमा एक वर्षभित्र ५ करोड मानिसको मृत्यु भएको थियो ।

सञ्चार माध्यमसँगको कुराकानीमा डाक्टर रायनले यो महामारी अत्यन्तै गम्भीर र विश्वको हरेक कुनामा यसको असर रहेको तर यो नै सबैभन्दा ठुलो हुनुपर्छ भन्ने नरहेको बताएका छन् । उनले भने– “यो ब्युझिने समय हो । अब विज्ञान, लजिस्टिक्स, तालिम र प्रशासनमा कसरी उन्नती गर्न सकिन्छ, कसरी सन्चार राम्रो पार्न सकिन्छ, हामी सिक्दै छौंं, तर हाम्रो ग्रह नाजुक छ । हामी एक जटिल वैश्विक समाजमा बस्छौं र यसमा खतरा भइरहन्छ ।”

“हामीले त्रासदीबाट मिलेर कसरी काम गर्न सक्छ भन्ने कुरा सिक्नुपर्छ । हामी राम्रो काम गरी त्यसलाई सम्मान दिनुपर्छ जुन हामीले गुमाइसकेका छौँ,” उनले थपे ।

अमेरिका र युरोपमा खोप आइसकेको छ । यद्यपि भाइरस हाम्रो जिन्दगीको हिस्सा भइरहने सम्भावना धेरै भएको रायनले बताए । यो एक खतरनाक भाइरसका रुपमा रहने तर यसको खतरा कम हुँदै जाने पनि उनले बताए । खोपको प्रयोगबाट यसलाई कुन हदसम्म मेटाउन सकिन्छ त्यो हेर्नुपर्ने भन्दै खोप अत्यन्तै प्रभावकारी भए पनि त्यसले पुर्णरुपमा भाइरस र यसबाट हुने रोग समाप्त पार्छ भन्ने ग्यारेन्टी नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *