कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको दिल्लीमा निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीमा व्यवसाय गरी बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् ।

‘अलबिदा निरु दा’ भन्दै फेसबुकमा शोक प्रकट गर्दै डा. शेखर कोइरालाले लेखेका छन्, ‘मेरा आदरणीय दाजु निरुदा को आज बिहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावकविहीन भएको छु । उहाँको उपचारमा संलग्न चिकित्सकहरुप्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।’

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रुपमा समेत काम गरेका कोइराला पछिल्लो समय भारतको दिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *