USAID

सशस्त्र प्रहरीको परीक्षामा सामेल १४ जना नक्कली परीक्षार्थी पक्राउ

  • 2
    Shares

काठमाडौँ । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षाका १४ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । गैरकानूनीरुपमा परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो ।

स्थानीय प्रहरीले नक्कली परीक्षार्थीको बारेमा थप अनुसन्धान गरिरहेको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *