आज रियल म्याड्रिड र सेल्टा भिगो भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र सेल्टा भिगो भिड्दै छन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड विजयी पथमा फर्किन चाहन्छ । बुधवार भएको खेलमा म्याड्रिड इन्चेसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । त्यसअघि रियलले लगातर ६ खेलमा जित निकालेको थियो । आजको खेलमा इडेन हजार्ड शुरुवाती ११ मा फर्किने सम्भावना छ । चोटको कारण झण्डै एक महिना मैदान बाहिर रहेका हजार्ड बुधवार इल्चेविरुद्वको खेलमा अन्तिम १३ मिनेट ख्ल्दै पुनरागमन गरेका थिए ।

हाल रियल म्याड्रिड १६ खेलमा ३३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । यता सेल्टा भिगो १६ खेलमा २३ अङ्क जिड्दै आठौँ स्थानमा छ । सेल्टापनि लिगको पछिल्लो ५ खेलमा अपराजित छ । भिगोले पछिल्लो ५ खेलमा ४ जित र १ बराबरी खेलेको थियो ।

दुई टोलिबिच भएको पछिल्लो २० खेलमा १४ खेल म्याड्रिड आफ्नो पोल्टामा पारेको छ भने ३ खेल भिगोले जितेको छ । ३ खेल भने बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *