USAID

अलबालाई भित्र्याउने रियल म्याड्रिडको तयारी

  • 154
    Shares

प्रज्जवल थापा । जनवरी ट्रान्सफर बजार खुलेसँगै विभिन्न क्लबहरुले खेलाडी भित्र्याउने तयारी गरेका छन् । यसै क्रममा रियल म्याड्रिडले पनि बार्यन म्युनिखका डिफेन्डर डेभिड अलबालाई क्लबमा भित्र्याउने प्रयास गरेको छ ।

२८ वर्षिय अलबाको जुन ३० मा म्युनिखसँग सम्झौता सकिदैछ । त्यसैले अलबाले कुनैपनि क्लबसँगै सम्झौताको बारेमा कुरा गर्न सक्नेछन् । यसैक्रममा रियल म्याड्रिडले अलबालाई फ्रिमा भित्र्याउने तयारी गरेको हो ।

स्पेनिस खेलकुद पत्रीका मार्काका अनुसार म्याड्रिडले अलबालाई चार वर्षको लागि वार्षिक १० मिलियन युरोको प्रस्ताव राखेको बताएको छ । म्याड्रिडका प्रशिक्षक जिनेदिने जिदानलेपनि उनलाई भित्र्याउन अनुमती दिएका छन् । उत्कृष्ट डिफेन्डिङ गर्न सक्ने क्षमता भएका अलबा लेफ्ट ब्याक, सेन्ट्रल ब्याक दुवै स्थानमा खेल्न सक्छन् ।

अलबाको आगमनले म्याड्रिडको डिफेन्स बलियो हुने सबैको आशा छ । उनले राफियल भरानलाई कडा प्रतिस्पर्धा दिन सकेछन् र सेर्जियो रोमसले क्लब छोडेको खण्डमा उनको प्रतिस्थापन गर्न सक्ने उनमा क्षमता छ ।

अस्ट्रेलियन डिफेन्डर अलबाले युरोपमा आफुलाई प्रमाणित गरिसकेका छन् । उनले म्युनिखको लागि ४०४ खेल खेल्दै ३९ गरिसकेका छन् । यस्तै उनले बार्यनबाट २० उपाधी जितेका छन् र सात पटक अस्ट्रेलिया प्लेयर अफ दि इयरको उपाधी जितिसकेका छन् ।


  • 154
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *