प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी

  • 5
    Shares

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र ब्रुनो फेर्नान्डेजले गोल गरे । भिल्लाको लागि बेर्ट्रान्ड ट्राओरेलले गरेको गोल सान्त्वना गोलमा सिमित रह्यो । खेलको ४० औँ मिनेटमा एरोन वान बिस्साकाको पासमा एन्थोनी मार्सियलले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

दोस्रो हाफको ५८ औँ मिनेटमा ज्याक ग्रेलिसको पासमा बेर्ट्रान्ड ट्राओरेलले गोल गर्दै एस्टोन भिल्लालाई बराबरीमा ल्याएका थिए । तर ६१ औँ मिनेटमा ब्रुनो फेर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेड २-१ गोलको अग्रता दिलाए । विपक्षी खेलाडीले पोग्वालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेर्नान्डेजले कुनै गल्ती गरेनन् ।

बाँकी समयमा थप गोल हुन नसकेपछि युनाइटेड विजयी भएको हो । जितसँगै युनाइटेडले शिर्ष स्थानमा रहेको लिभरपुलसँग अङ्क बराबरी गरेको छ । युनाइटेड १६ खेलमा ३३ अङ्क जोड्दै गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *