चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दिए नयाँ वर्ष २०२१काे शुभकामना (अडियाेसहित)

काठमाडाैँ । नयाँ वर्ष सन् २०२१ का अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत् सन् २०२१को शुभकामना सन्देश दिएका छन् । उनकाे शुभकामनालाई विश्वभरिका सञ्चारमाध्यमले उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन् ।

राष्ट्राध्यक्ष सीको शुभकामना नेपाली भाषामा सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

उनकाे शुभकामना जस्ताकाे तस्तैः

आदरणीय कमरेडहरु,साथीहरु,महिला र सज्जनहरु :

नमस्ते!सन् २०२१ को पाइला नजिकिंदै छ,म पैचिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु!

सन् २०२० एक असामान्य वर्ष हो। आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष,हामीले जनताको ज्यानलाई प्राथमिक्तामा राखेर एक्यबद्धता भएर महामारी विरुद्धको इतिहास लेखेका छौं,यसबाट मानव जातिको महान् माया देखाइएको छ। संयुक्त रुपमा कठिनाइको सामना गरेको घडीमा,चीनका विभिन्न क्षेत्रका कर्मचारीले महामारी विरुद्धको अग्रपंक्तिमा उत्साह देखाएका,कार्यभारलाई वहन गरेका,यस अवधिमा बलिदान दिएका र अनगिन्ती मर्मस्पर्शी क्षण देखाइएका छन्। सारा चीनमा चिकित्सकदेखि सैनिकसम्म,बैज्ञानिकदेखि सामुदायिक कर्मचारीसम्म,स्वयंसेवकदेखि निर्मातासम्म,बृद्धबृद्धादेखि‘नव्बे दशक’‘सन्२०००पछि जन्मिएका शून्य दशक’भएका युवायुवतीसम्म,धेरै चिनियाँहरुले आफ्ना ज्यानको मूल्य चुकाएर अरुको ज्यानको संरक्षण गरी आफ्ना जिम्मेवारीको व्यवहारमा उतारेका छन्। उनीहरुको योगदानबाट एउटा ज्यानको संरक्षण गर्ने पर्खालको स्थापना गरेको छ। उनीहरुले अग्रपंक्तिमा काम गरेको छवि,एक अर्कालाई सहयोग गरेको क्षण,महामारी विरुद्धमा भएको मर्मस्पर्शी पलबाट जीवन्त रुपमा चिनियाँहरुमा महामारी विरुद्धको भावना देखा परेको छ। महानता सामान्यताबाट सुरु हुनुका साथै,सर्वसाधारण बहादुर बनेको हुन्छ। चीनको महामारी विरुद्ध युद्धमा, हरेक जनता महान् छन्!दुर्भाग्यपूर्ण रुपमा कोभिड-१९ संक्रमित भएका विरामीलाई समवेदना व्यक्त गर्छु!सबै सामान्य बहादुरलाई आदर व्यक्त गर्छु!महान् मातृभूमि र जनताका लागि मलाई गौरव लाग्छ! अडिग र बलियो जातीय भावनाको लागि पनि म गौरवान्वित छु!

कठिनाइबाट पनि उत्साह भेट्न सकिन्छ,कठिनाइबाट उपलब्धि हासिल हुन सक्छ। यस वर्ष हामीले महामारीको नकारात्मक असरको सामना गर्दै कोभिड-१९को रोकथाम र नियन्त्रण गर्नुका साथै आर्थिक सामाजिक विकासमा विशाल उपलब्धि हासिल गरेका छौं।“तेह्रौं पञ्च वर्षीय योजना”को कार्यभार सफलताका साथ पूरा गरी“चौथौं पञ्च वर्षीय योजना”चौतर्फी रुपमा पूर्व तयारी गरिसकेका छौँ। चीनमा नयाँ विकसित प्रारुप तिव्र रुपमा स्थापना गर्दै उच्च गुणस्तरीय विकास गहिरो रुपमा संचालन हुँदै रहेको छ। यस वर्ष विश्व मुख्य आर्थिक समुहमा चीनले एकमात्र आर्थिक वृद्धि गरेर सन् २०२० चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआनको नयाँ पाइला सार्ने अनुमान रहेको छ। खाद्य पदार्थको उत्पादनमा निरन्तर १७ वर्षसम्म वृद्धि भएको छ। “थ्यान वन नम्बर एक”मंगल ग्रह सर्वेक्षण गतिविधि,“छाङ अ नम्बर पाँच” चन्द्रमा सर्वेक्षण गतिविधि,“फनतौच”नामक गहिरो समुद्री सर्वेक्षण गतिविधि आदि बैज्ञानिक सर्वेक्षण गतिविधिमा विशाल प्रगतिलाई साकार तुल्याएको छ। हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाहको निर्माण क्रियाशील रुपमा संचालन भएको छ। यस वर्ष हामीले गम्भीर बाढी प्रकोपको प्रतिरोध गर्दा जनता र सैनिकले सँगसँगै अनगिन्ती कठिनाइको सामना गरी प्रकोपको उद्धार गरी क्षति न्युनीकरण गरेका छौँ। मैले यो वर्ष तेह्रवटा प्रान्त,सहर तथा क्षेत्रको निरीक्षण गरेँ। सबै ठाउँमा निष्ठापूर्वक र ठोस रुपमा महामारी विरुद्धको कदमलाई चालेर समय मै पुनः उत्पादन र पुनः काम शुरु गरिएको छ। चीनभरि विभिन्न ठाउँका जनताले आत्मविश्वास लिएर संयुक्त प्रयास गरी उत्पादन र कार्यको सिर्जना गरेका छन्। उल्लिखित जीवन्त दृश्य देखेर मलाई निकै खुसी लाग्यो।

सन् २०२० मा सम्पन्न समाजको पूर्ण निर्माण पूरा भएको छ जसबाट महान् ऐतिहासिक उपलब्धि हासिल गरेका छौँ। साथै गरिबी निवारण युद्धमा पनि निर्णायक बिजय प्राप्त गरेका छौँ। हामीले अति गरिबीमा रहेका नागरिकको जीवनस्तर उकास्ने सबैभन्दा गाह्रो कार्य र कठिन समस्यालाई पनि निर्मलुलीकरण गरेका छौं। ८ वर्षसम्मको अथक प्रयासपछि वर्तमान मापदण्डमा हामीले लगभग १० करोड ग्रामीण गरिब जनसंख्यालाई मुक्त पारेका छौं। साथै ८३२ वटा गरिब जिल्लाहरू पनि मुक्त भएका छन्। बितेका वर्षहरूमा म चीनका १४ वटा अति गरिब क्षेत्रहरू पुगेको छु। त्यहाँका किसानहरूको अथक प्रयास, गरिबी निवारण क्षेत्रमा कार्यरत प्रशस्त कार्यकर्ताहरूको निस्वार्थ योगदान गर्ने दृश्य बारम्बार मेरो दिमागमा देखा पर्ने गरेको छ। ग्रामीण क्षेत्रको पुनरूत्थानका लागि हामीले कठिनाइका बाबजुद अथक प्रयास गर्दै साझा समृद्धिको लक्ष्य पूरा गर्नको लागि स्थिरताका साथ अघि बढ्दै जाने छौँ।

सन् २०२० मा, शनचन लगायत आर्थिक विशेष क्षेत्र स्थापित भएको चालिसौँ वार्षिकोत्सव, शाङहाई फुतोङ क्षेत्रमा विकास तथा खुलापन भएको तीसौं वार्षिकोत्सवलाई हामीले भव्यताका साथ मनाएका छौं। जीवन्त शक्तिले भरिएका शनचन र शाङहाई पहिले परीक्षात्मक क्षेत्र थिए तर आज आएर नविनताको कारणले ती क्षेत्रहरू चीनको विकास क्रममा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। सुधार तथा खुलापनबाट विकासको चमत्कार सिर्जना गरिसकेका छौं र भविष्यमा सुधार तथा खुलापनलाई गहन रूपमा विस्तार गर्दै शनचन र शाङहाईको विकास कथा जस्तै अझ बढी ठाँउमा उपलब्धि हासिल गर्दै जानेछौँ।

सही बाटोमा अलग भएर अघि जानु हुँदैन र विश्वमा रहेका हामी सबै एकै परिवार हौँ। बिगत एक वर्षमा कठिनाइ पार गरेपछि हामी मानवजातिको संयुक्त भाग्य समुदायको गहन र वास्तविक अर्थबारे पहिलेभन्दा अझ स्पष्टसँग बुझिसकेका छौं। अन्तर्राष्ट्रिय क्षेत्रका पुराना र नयाँ साथीहरूसँग मैले धेरै पटक वार्ता गरेको छु र अनलाइन भिडियो सम्मेलनमा पनि भाग लिएको छु। ती अवधिमा एक अर्काको सहयोग गर्दै एकताबद्ध भएर महामारीको प्रतिरोध गर्नु नै हामीले सबभन्दा बढी चर्चा गरेको विषय हो। महामारीको नियन्त्रण कार्य दीर्घकालीन र प्रशस्त छ। विश्वका विभिन्न मुलुकका जनताले हातमा हात मिलाएर चाँडै नै महामारीको प्रभावलाई हटाउँदै अझ राम्रो घरबारको निर्माण गर्न प्रयास गर्नुपर्छ।

सन् २०२१ चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको एक सयौं वार्षिकोत्सव हो। एक सय वर्षको यात्रामा उतारचढाव देखा परेतापनि शुरूमा हामीले लिएको मन परिवर्तित भएको छैन। शाङहाईस्थित सखुमनदेखि च्यासिङस्थित नान हु तालसम्म जनता र राष्ट्रको आशा बोकेर ती स-साना राता डुँगाहरूमा बसेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले खतरनाक प्रवाहमा चीन स्थिरताका साथ अघि बढ्दै जाने यात्रामा पथ-निर्देशन दिइरहेका छन् र बल्ल ती ससाना डुँगाहरू विशाल जहाजको रूपमा परिणत भएका छन्। महान कार्य मनमा राखी एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा हामीले जनतालाई केन्द्रमा राख्दै शुरूआतको विचार र आफ्नो कार्यभार मनमा लिइरहेका छौं। चिनियाँ राष्ट्रको महान पुनरूत्थानलाई साकार तुल्याउने विश्वास हामीसँग छ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको उपलक्ष्यमा गार्हस्थ्य अर्थतन्त्र अझ विकसित बनाइने र विभिन्न शासनव्यवस्थालाई सुधार गरिने लक्ष्य तथा नयाँ चीन स्थापना भएको एक सय वर्षको उपलक्ष्यमा चीनको आधुनिकीकरण प्रक्रियालाई पूरा गरी धनी, बलियो, प्रजातान्त्रिक र सभ्य समाजवादी मुलुकको स्थापना गरिने लक्ष्य ‘दुईवटा एक सय वर्षको लक्ष्य’ व्यवहारमा साकार तुल्याउने ऐतिहासिक घडीमा उभिएर हामीले समाजबादी आधुनिकीकरण मुलुकको चौतर्फी निर्माणमा नयाँ यात्रा शुरू गर्दैछौँ। लामो यात्रामा अघि बढ्दा अथक प्रयास गर्नुपर्छ। हामीले निरन्तर प्रयासमार्फत् विविध कठिनाइहरू पार गरिसकेका छौँ र अझ उज्ज्वल भविष्यको सिर्जनाको लागि अझ प्रयास गर्दै जाने छौँ।

नयाँ वर्ष आउन लागिरहेको यस घडीमा सब परिवारहरू भेला भइरहेका छन्। राष्ट्र र जनताहरू सुरक्षित होउन देशको भविष्य अझ उज्ज्वल हवोस् जीवन सुखमय बनोस् र सबैको आशा पूरा होस् भन्ने हार्दिक शुभकामना दिलैदेखि व्यक्त गर्दछु।

सबैलाई धन्यवाद !

(चिनियाँ अन्तर्राष्ट्रिय रेडियाे नेपाली सेवाबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *