६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

  • 3
    Shares

काठमाडौँ । इलाका प्रहरी कार्यालय हरिनगर, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले ६ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा आयोगको टोलीले यादवलाइ घुससहित पक्राउ गरेको हो ।

उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *