स्थिरता र स्थायित्व कायम गर्न प्रतिनिधिसभा विघटनः गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।

सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकारले अग्रगामी कदम चालेको बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *